← समाचारमा फर्कनुस्
न्युकासलमाथि सिटीको जित

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई २–१ ले हराएको छ र यससँगै शीर्षमा रहेको आर्सनलसँगको दूरी दुई अंकमा छोट्याउन सफल रह्यो । सिटीको यो जितले आर्सनललाई अब दबाब हुनेछ ।
आर्सनल ५८ अंकमा शीर्षमा छ । सिटी भने ५६ अंकमा रह्यो । इतिहाडमा भएको खेलमा सिटीका लागि दुवै गोल निको ओ रिलेले पहिलो हाफमा गरे । न्युकासलका लागि लेविस हलले एक गोल फर्काए ।
अन्य खेलमा ब्राइटन भने ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्यो । यस्तै एस्टन भिल्ला र लिड्स युनाइटेडले १–१, चेल्सी र बर्नलीले १–१ तथा वेस्ट ह्याम र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् । त्यसमध्ये भिल्ला ५१ अंकमा तेस्रो र चेल्सी ४५ अंकमा तेस्रोमा छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women