← समाचारमा फर्कनुस्
Football Aug 23, 2025 · Swadesh

सिटी हार्‍यो टोटेनहमसँग

सिटी हार्‍यो टोटेनहमसँग

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग २०२५–२०२६ को आफ्नो दोस्रो खेलमा शनिबार पराजित भएको छ । इतिहाडमा भएको खेलमा सिटीलाई टोटनहमले २–० ले पराजित गरेको हो ।

 

यस नतिजासँगै टोटनहमले नयाँ सिजन लिगमा उत्कृष्ट सुरुआत लिएको छ र लगातार दोस्रो जित निकाल्दै छ अंक बटुलेको छ । यो जितपछि उत्तरी लन्डन क्लब अंक तालिकाको शीर्षमा पनि उक्लेको छ ।


सिटी भने तीन अंकमै सीमित रह्यो । टोटनहमका दुवै गोल पहिलो हाफको अन्त्यतिर सम्भव भएको थियो । ब्रेनन जोन्सनले ३५ औं मिनेटमा गोलको खाता खोले ।


त्यसपछि जाओ पाल्हिन्हाले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल थपे । नयाँ प्रशिक्षकका रूपमा थोमस फ्रान्क आएयता टोटनहले यो सिजन राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →