TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 01, 2026 · Swadesh

सिटीले घटायो आर्सनलसँगको दूरी

सिटीले घटायो आर्सनलसँगको दूरी

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको छ र यससँगै आर्सनलसँगको दूरी दुई अंकमा छोट्याएको छ । यसले उपाधि होड अन्त्यसम्म रोमाञ्चक हुने भएको छ ।


एलान रोडमा भएको खेलमा सिटीका लागि निर्णायक गोल गर्ने खेलाडी रहे, एन्टोन सेमेन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका हुन् । यो जितपछि सिटीको ५९ अंक भएको छ । आर्सनल भने ६१ अंकमा शीर्ष स्थानमा छ ।


अर्को खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडमाथि ५–२ को जित रच्यो । लिभरपुलको भने ४८ अंक भएको छ र पाँचौं स्थानमा छ । अन्य खेलमा एभरटनले न्युकासल युनाइटेडलाई ३–२ र ब्रेन्टफोर्डले बर्नलीलाई ४–३ ले हरायो । यस्तै बर्नमाउथ र सन्डरल्यान्डले भने १–१ को बराबरीमा चित्त बुझाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →