← समाचारमा फर्कनुस्
आर्सनल र सिटीको बराबरीमा दुवैलाई घाटा

ग्याब्रिएल मार्टिनेलीले ९३ औं मिनेटमा गरेको गोलको मदतले आसर्ननले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । सिटीले इर्लिङ हालान्डको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।
यो यस्तो नतिजा रहेको छ, जसले उपाधि होडमा आर्सनल र सिटी दुवैलाई घाटा पुर्याएको छ । यसको फाइदा भने शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लिभरपुलका लागि हुनेछ । आर्सनल शीर्ष स्थानसँग पाँच अंकको दूरीमा दोस्रोमा छ ।
सिटी अझ आठ अंकको दूरीमा नवौं स्थानमा रहेको छ । लिभरपुलले अहिलेसम्मका सबै पाँच खेल जितेर १५ अंकमा शीर्ष स्थानमा छ । टोटनहम र बर्नमाउथ पनि दस दस अंकमा शीर्ष चारभित्र छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |