← समाचारमा फर्कनुस्
छहारीमाथि चर्च ब्वाइजको कठिन जित

काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एन्फा महिला च्याम्पियनसिपमा कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा शनिबार सम्पन्न खेलमा चर्च ब्वाइजले छहारी युवा क्लब लाई १–० गोल अन्तरले पराजित गर्यो।
खेलको निर्णायक गोल वर्षा ओलीले गरिन्। उनले गरेको एकमात्र गोल नै चर्च ब्वाइजको जितका लागि पर्याप्त बन्यो।
जितसँगै चर्च ब्वाइजले अब सेमिफाइनल प्रवेशका लागि संकटा फुटबल क्लब सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा छहारीको यात्रा भने पहिलो खेलबाट समाप्त भएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |