← समाचारमा फर्कनुस्
चर्च ब्वाइजको पहिलो हार

काठमाडौँ। एन्फा महिला लिग छनोटमा चर्च ब्वाइज युनाइटेड महिला टिमले पहिलो हार व्यहोर्नुपरेको छ।
च्यासल रंगशालामा वुधवार सम्पन्न खेलमा राप्ती फुटबल क्बल महिला टिमले चर्च ब्वाइजलाई २-१ ले पराजित गरेको हो।
राप्तीको जितमा मनिषा सेनले गोल गरिन् भने अर्को गोल उपाहार स्वरुप पाएको थियो। चर्चको लागि बर्षा ओलीले सान्त्वना गोल गरिन्। खेलको १४औं मिनेटमा सरिता कमुरी नाथको आत्माघाती गोलबाट चर्च १-० ले पछि परेको थियो।
जितसँगै राप्तीले आफ्नो सबै ६ खेलबाट १३ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। राप्ती महिला लिगमा छनोट हुनको लागि अन्य टिमको नतिजा कुर्नु पर्ने भएको छ।
यता चर्च भने आफ्नो अन्तिम खेलमा विजयी भएको खण्डमा छनोट हुनेछ। ५ खेलबाट चर्च १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |