← समाचारमा फर्कनुस्
Football Aug 27, 2025 · Swadesh

स्टुडेन्टमाथि चर्च ब्वाइजको सहज जित

स्टुडेन्टमाथि चर्च ब्वाइजको सहज जित

काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एन्फा महिला लिग छनोटमा सहज जित हासिल गरेको छ।


च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा चर्चले स्टुडेन्ट एफसीविरुद्ध ४-० को जित दर्ता गरेको छ।


खेलको ३७औं मिनेटमा वर्षा ओलीको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो। ६५औं मिनेटमा सरिताकु्मारी नाथले टोलीको अग्रता दोब्बर बनाइन्।


वर्षा ओलीले ७५औं मिनेटमा चर्च ब्वाइजका लागि तेस्रो गोल गरिन्। इन्जुरी समयमा आरति भुजेलले गोल गर्दा चर्च ब्वाइजले ४-० को सहज जित निकाल्यो।


लगातार तेस्रो जितसँगै चर्च ब्वाइजले तीन खेलमा ९ अंक जोडेको छ। पराजित स्टुडेन्टको चार खेलबाट ६ अंक छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →