← समाचारमा फर्कनुस्
चितवन शक्तिले ल्यायो रसियन स्पाइकर

काठमाडौं । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभीएल) का लागि रसियाकी अपोजिट हिटर अन्ना डिमित्रीभालाई भित्र्याएको छ।
अजरबैजानकी केन्सिया पावेल्नि सहभागि नहुँने भएपछि चितवनले उनको स्थापनमा प्रतिस्थापन गर्न लागेको हो।
२१ बर्षकी अन्ना ६.२ उचाइ भएकी दायाँ हाते स्पाइकर हुन्। उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन्।
उनको उपस्थितीले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवन शक्ति टिमले लिएको छ। चितवनका लागि भारतीय मिडलब्लकर सूर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरिसकेको छ।
अन्ना चितवनको तेस्रो विदेशी खेलाडी हुन्। चितवनका लागि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |