चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितीशा महतो छनोट

चितवन । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ ।
चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाट नितीशा महतो विजेता बनेकी हुन् । हाम्रो टिमको प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितीमा भएको छनोट कार्यक्रममा चितवन शक्तिले नितीशालाई छनोट गरेको हो । ५.९ फिट उचाइ भएकी उनी अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्ने छिन् ।
चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाई तथा पोजिसनको आधारमा नितीशा छनोट भएकी हुन् ।
आयोजकको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम अनुसार उनलाई छनोट गरिएको हो । १७ वर्षीया नितीशा चितवनको मेघौली घर भई हाल जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेकी छिन् । उनको आगमनसँग चितवनले आफ्नो टिम पूरा गरेको छ ।
एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ । चितवन शक्तिको टिममा अरुणा शाही, सुर्या सरसुरी, केपी अनुश्री,अन्ना डिमीत्रिभा, सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य,भावना डाँगी र नितीशा महतो रहेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |