← समाचारमा फर्कनुस्
Volleyball Sep 18, 2024 · Swadesh

चितवन शक्तिले ट्यालेन्ट हन्टबाट खेलाडी ल्याउने

चितवन शक्तिले ट्यालेन्ट हन्टबाट खेलाडी ल्याउने

काठमाडौं । एभ्रेष्ट महिला भलिबल लिग(इडब्ल्युभीएल)को टिम चितवन शक्तिले असोज ७ गते चितवनमा ट्यालेन्ट हन्ट गर्ने भएको छ। 

चितवन शक्तिले चीतवन वडा नम्बर २२ पटहिनी कर्भड हलमा बिहान १० देखि ५ बजेसम्म छनोट कार्यक्रम गर्नेछ। छनोटका लागि चितवन शक्तिका प्रमुख प्रशिक्षक रहेका अर्जुन घिमिरे र चितवन शक्तिकी मार्की प्लेअर तथा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिका खेल्नेछन्। 

खेलाडीले चितवन शक्तिले गर्न लागेको छनोट कार्यक्रमका लागि दर्ता गर्न चितवनको स्थानीय बासिन्दा हुनुपर्नेछ। कुनै पनि उमेरको हदबन्दी नभएको महिला खेलाडी हुनु पर्नेछ।

खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको हुनु पर्नेछ। खेलाडीले असोज १४ देखि १९ सम्म चितवन शक्तिको टिममा रही पहिलो संस्करणको वात्सल्य एभ्रेष्ट महिला भलिबल लिग खेल्ने अवसर प्राप्त गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →