खुला स्पर्धामा भण्डारी विजेता

काठमाडौं। नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलतर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन्।
हिमालयन चेस एकेडेमीको आयोजनामा काठमाडौंको त्रिपुरेश्वरस्थित वोगनभिल्ला हलमा सम्पन्न एकदिने प्रतियोगितामा २४७ खेलाडी सहभागी भए, जुन नेपाली ब्लिट्ज चेस इतिहासकै सबैभन्दा ठूलो सहभागिता हो।
एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूका अनुसार गत वर्ष फिडे स्थापनाको १०० वर्ष पुगेको अवसरमा आयोजित पहिलो संस्करण ‘हिमालयन १००’ गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत भइसकेको छ। यसपटक त्यही अभियानको दोस्रो संस्करण ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु’ को रूपमा आयोजना गरिएको हो।
प्रतियोगिताको खुलातर्फ फिडेमास्टर (एफएम) भण्डारीले सिएम पुरुषोत्तम सिलवाललाई पछि पार्दै १० हजार रुपैयाँ नगद पुरस्कार जिते। उनले ९.५ अंक जोडे। यस्तै, दोस्रो भएका सिलवालले ९ अंकसहित ७ हजार रुपैयाँ प्राप्त गरे।
८.५ अंक जोडेका मुकुन्द नापित तेस्रो हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे। शीर्ष १० स्थानमा स्थान बनाउने अन्य खेलाडी सन्तोष श्रेष्ठ, रुपेश जैसवाल, प्रेम कृष्ण अधिकारी, रिसन थापा, सुरोज महर्जन, प्रेम खड्का र पुरुषोत्तम चौधरी रहे। यी सबैले जनही १ हजार रुपैयाँ पुरस्कार पाए।
१९ विधामा आयोजित प्रतियोगितामा ६ बर्षदेखि ८४ बर्षसम्मका खेलाडी सहभागि थिए। कुल ६७ हजार रुपिया पुरस्कार रहेको प्रतियोगितामा नायुमा मगर, निहाना श्रेष्ठ, प्रज्ञा पन्त, सात्विकमान तुलाधर, प्रवीर केसी, सीताराम अग्रवाललगायत ३२ खेलाडीले पुरस्कार प्राप्त गरे।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रतियोगिताको उद्घाटन गरेका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |