TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Jan 26, 2026 · Swadesh

चेस पजल सोल्भिङमा २१ जनाको होड

चेस पजल सोल्भिङमा २१ जनाको होड

काठमाडौं । देशमै पहिलोपल्ट आयोजित चेस पजल सोल्भिङ कन्टेस्ट सम्पन्न भएको छ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे ।


एकेडेमीले वल्र्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निक्कै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेन । कम अनुभवीको क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीको क्याटगोरी ३ मा चार घन्टा बसेर डब्लुएफसीसीले पठाएका पजल सोल्भ गरेका थिए । क्याटगोरी २ मा १२ र क्याटगोरी ३ मा ६ वटा पजल सोल्भ गर्न दिइएको थियो ।


क्याटगोरी २ मा ११ र क्याटगोरी ३ मा १० खेलाडीले पजल सोल्भ गरे । ६ देखि २४ वर्ष उमेरका उनीहरू ११ वटा स्कुल र कलेजबाट सहभागि भएका हुन् । क्याटगोरी २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन् । एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार सोल्भ गरेको पेपर पठाएपछि डब्लुएफसीसीले जाँच गरेपछि यही हप्ता नतिजा सार्वजनिक गरिनेछ । चेस पजल सोल्भिङले खेलाडीको विश्लेषणलाई सहज बनाउँदै क्षमता अभिबृद्धि हुने गर्दछ ।


डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) २०२६ को एउटा प्रतियोगिताको रुपमा हिमालयन चेस एकेडेमीले देशमै पहिलोपल्ट काठमाडौंमा पजल सोल्भिङ कन्टेस्ट आयोजना गरेको हो । आईएससीको २२ औं संस्करणमा २७ देशका काठमाडौंसहित ६५ सहरमा एकसाथ आइतबार (२५ जनवरी) नौ सय बढीले प्रतिस्पर्धा गर्दैछन् । हरेक सहरमा उत्कृष्ट नतिजा ल्याउने खेलाडीले जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म हुने ४९ औं वल्र्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागि हुन पाउने छन् ।


२०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १२ औं प्रतियोगिता पनि हो– पजल सोल्भिङ कन्टेस्ट । उसले यसअघि ब्ल्ट्जि, र्यापिड, क्लासिकल र फ्रिस्टाइल चेसका ११ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ । एकेडेमीले थापाथली कौशलटारमा नियमित प्रशिक्षण गराउँदै आएको छ । उसले अनलाइन, स्कुल र समुदायमा पनि वर्कशप र प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →