← समाचारमा फर्कनुस्
Other Sports Sep 20, 2025 · Swadesh

पुरुषोत्तमले आईएमलाई हराए, जिएम सँग हारे

पुरुषोत्तमले आईएमलाई हराए, जिएम सँग हारे

 काठमाडौँ। रसियाको गणराज्य क्याल्मिकिया स्थित एलिस्तामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट र्‍यापिड बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन्।


‘स्पिरिट अफ धर्म’ नारा दिएको अन्तर्राष्ट्रिय चेस स्पर्धाको तेस्रो चरणमा नेपालका पुरुषोत्तम सिलवाल शीर्ष वरियताका हंगेरियन २५५० रेटेड खेलाडी ग्रायण्ड मास्टर स्जुजिरोभ सनन सँग कालोगोटी बाट खेल्दै हार ब्यहोरेका छन्।


२१९८ रेटेड सिएम सिलवालले यसअघि पहिलो र दोस्रो चरणमा जीत दर्ता गर्दै क्रमशः थाइल्याण्डका १७०२ रेटेड नात्रादा काइववात्था तथा फिलिपिन्सका २४२३ रेटेड आईएम नाभा रोडेरिकलाई पराजित गरेका छन्। 


प्रथम बौद्ध राष्ट्रहरूबीच आमन्त्रित चेस प्रतियोगितामा एमेच्योर शैलेन्द्र न्यौपानेले फिलिपिन्सका खेलाडी नाभा रोमेलिन माथि जित, रसियन खेलाडी इर्गित अरिना सँग हार र थाइल्याण्डका नात्रादालाई पराजित गरेका छन्।


काल्मिक सरकार, काल्मिक चेस फेडरेसन तथा मस्को क्षेत्रिय चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालित प्रतिस्पर्धामा नेपाली महिला खेलाडी सिन्दिरा जोशीले सन्तोषजनक खेल प्रदर्शन गरेका छन्।


१६३९ रेटेड जोशीले शुरुमा थाइल्याण्डका २२०० रेटेड एफएम कुलप्रोए थानोन सित हार बेहोरिन् । लगत्तै दोस्रो चरणमा १८५० रेटेड फिलिपिन्सका नाभा मार्क एन्थोनि र तेस्रो खेलमा थान्त हेनलाई हराइन।


नेपाली टोलीले ६ अंक जोडेर एभरेज रेटिङका आधारमा दोस्रो स्थानमा उभिन सफल भएका छन्। प्रतिस्पर्धामा पुरुषोत्तमले २२२५ , सिन्दिराले १८३२ र शैलेन्द्रले १६७८ रेटिङ पर्फमेन्स गरि समान २-२ अंक बनाएर खेललाई जारी राखेका छन्।


१० हजार युएस डलर पुरस्कार रहेको प्रतिस्पर्धा अन्तर्गत चौथो चरणमा तिनै जना नेपालीले प्रतिद्वन्दीका रुपमा रुसका खेलाडीहरू सँग खेल्नेछन्। 


जहाँ छैठौँ वोर्डमा सिन्दिराले क्याल्मेकियाका २३०९ रेटेड उत्नासुनोभ अलेक्जेन्डर, सातौं वोर्डमा शैलेन्द्रले टाइभाका २२७९ रेटेड एफएम छ्याङदिगर तामेरियन र आठौं वोर्डमा पुरुषोत्तमले बुर्याटियाका २०२२ रेटेड डब्लू एफएम कोमिस्रोभा सोइगिना सित जीतका लागि प्रयास गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →