← समाचारमा फर्कनुस्
Other Sports Sep 18, 2025 · Swadesh

अन्तर्राष्ट्रिय चेसमा सहभागी हुन नेपाली टोली रुस प्रस्थान

अन्तर्राष्ट्रिय चेसमा सहभागी हुन नेपाली टोली रुस प्रस्थान

 पहिलो अन्तर्राष्ट्रिय बौद्ध राष्ट्रहरु बिच हुने चेस प्रतियोगितामा सहभागी हुन नेपाल बुद्धिचाल खेल टोली बुधबार बिहान रूसको रिपब्लिक अफ क्याल्मिकिया, एलिस्तामा प्रस्थान गरेको छ। 


विश्वका प्रमुख बौद्ध धर्म मान्ने देशहरूलाई आमन्त्रण गरेको आयोजक रूसले ‘स्पिरिट अफ धर्म’ को नारा दिँदै यही “सेप्टेम्बर १७ देखि २३ सम्म सञ्चालन गरिने चेस प्रतियोगितामा बुद्ध जन्मेको देश नेपाललाई पनि आमन्त्रण गरिएको हो।


यो प्रतियोगिता रसियाको बुद्धिष्ट गणराज्य काल्मिकियाको सरकार, काल्मिक चेस फेडरेशन तथा मस्को क्षेत्रीय चेस फेडरेशनको सहकार्यमा आयोजना गरिएको हो। 


प्रतियोगिता विश्व चेस महासंघ फिडेको नियमअनुसार २५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्ट ‘र्‍यापिड’ र पाँच मिनेट ३ सेकेन्ड इनक्रिजमेन्ट ‘ब्लिट्स’ विधा अन्तर्गत समूहगत ११ चरण सम्मको खेल सञ्चालन हुनेछ। 


नेपाल बुद्धिचाल महासङ्घको सचिवालय बैठकबाट ३ जनाको समूह खेलका लागि व्यावसायिक खेलाडीमा २१९८ उच्च रेटेड सिएमए पुरुषोत्तम सिलवाल, १६३९ रेटेड महिला खेलाडी सिन्दिरा जोशी, २ हजार रेटिङ मुनि एमेच्योर १८९० रेटेड खेलाडी हेराकाजी महर्जन र वैकल्पिक खेलाडीमा १९४३ रेटेड शैलेन्द्र न्यौपानेलाई सहभागी गराएका छन्। 


आयोजकको तर्फबाट एमेच्योर खेलाडीका रूपमा विशेष गरी प्रत्येक राष्ट्रिय संघका अध्यक्षलाई नै सहभागी हुन आमन्त्रण दिइएको थियो। यसै मौकालाई सदुपयाेग गर्दै नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले रसिया चेस फेडेरेशन सँग दुई देशीय चेस सङ्घहरू बीच सहयोग आदान प्रदानको सम्झौता समेत गर्ने भएको छ।


प्रतियोगिताको उद्देश्य बौद्ध देशहरूबीच खेल तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने, बौद्ध फोरम मार्फत चेसलाई लोकप्रिय बनाउने, खेलाडीहरूको स्तर उकास्ने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने रहेको छ।


अन अफिसियल आमन्त्रित बौद्ध चेस प्रतियोगितामा हंगेरीका २५५० रेटेड ग्रान्डमास्तर सानान स्जुगीरोभ, रूसका २५०१ रेटेड ग्रान्डमास्टर झाम्सारन साइदिपोभ, फिलिपिन्सका २४२३ रेटेड इन्टरनेशनल मास्टर रोडरिक नावा लगायत दर्जनौँ देशका टाइटल होल्डर शीर्ष खेलाडीको सहभागिता रहेको छ।


सहभागी बौद्ध राष्ट्र बिच सांस्कृतिक आदानप्रदान र उच्चस्तरीय प्रतिस्पर्धा सहितको यो प्रतियोगिताले खेल कूटनीतिलाई नयाँ आयाम दिने र चेसको बौद्धिक तथा सांस्कृतिक मूल्यलाई विश्वव्यापी रूपमा उजागर गर्ने अपेक्षा गरिएको छ।


नेपाली टोलीलाई विदाई गर्ने क्रममा नेपाल चेस फेडेरेशनका महासचिव धर्मबहादुर लामाले यस सहभागितालाई गौरवपूर्ण अवसरको रूपमा लिँदै भने: “यस प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई, खेल मार्फत सांस्कृतिक मित्रता बढाउने महत्वपूर्ण अवसर दिनेछ।”

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →