TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Dec 03, 2025 · Swadesh

ट्रङ्ग्राम स्कूल चेसमा भारतीय खेलाडी अगाडि ।

ट्रङ्ग्राम स्कूल चेसमा भारतीय खेलाडी अगाडि ।

ट्रंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजित दोस्रो टिआइए अन्तर स्कूल चेस च्याम्पियनसिपमा भारतका एआइएम दिपञ्जली श्रीवास्तवले अग्रता लिएको छ।


बुधबार सम्पन्न तिन चरणको खेलमा युवा १० बर्ष छात्रा तर्फ पूर्ण ३ अंक प्राप्त गर्दै दिपञ्जलीसँगै नेपालका अग्रता आचार्य, शुभश्री श्रेष्ठ र सरमिना श्रेष्ठले संयुक्त लिड लिएका छन्।


प्रतिस्पर्धामा युवा १३ वर्ष छात्रातर्फ ११ जना खेलाडीले संयुक्त अग्रता लिएका छन्। जहाँ विश्व निकेतन स्कुलका उज्जीभनी कँडेल, ग्रीनल्यान्ड स्कुलका आरिभ रावल, टिआइएका सोनालिका सराफ, मार्बलस स्कुलका निहाना श्रेष्ठ लगायतले लिड लिएका छन्।


यस्तै युवा १७ वर्ष छात्रातर्फ अक्स्फोर्ड स्कूलका प्रतिमा बाँस्कोटा, भक्तपुरका श्रेषा दुवाल, किर्तिपुरका एञ्जल महर्जन, केएमसी स्कूलका विनायक गौतम र सन् श्रेष्ठले संयुक्त लिड लिएका छन्।


यता २ चरणको खेलमा युवा १० वर्ष छात्रतर्फ नेपालका स्वर्णिम बम, टिआइए का अभय लामिछाने, भारतका मानसले अग्रता बनाएका छन्।


युवा १३ वर्ष छात्र तर्फ ग्लोबल एकेडेमी झापाका श्रृयष चौलागाईं, सूर्योदय सेकेण्डरी बोर्डिङ्ग स्कूलका अग्रिम सैंजु,  पुष्पसदन स्कूलका हार्दिक पन्त अगाडि रहेका छन्।


युवा १७ वर्ष माथि छात्र तर्फ एनआइसी एकेडेमीका रशेष महर्जन, मोडर्न इण्डियन स्कूलका आशिष गुप्ता, नेपालकै आयुष सिंह अगाडि छन्।


टालेण्ट हण्ट नवप्रतिभा खेलाडी खोज गर्ने अभिप्रायले आयोजना गरिएको यस प्रतियोगितामा युवा १० वर्ष, युवा १३ वर्ष र युवा १७ वर्ष गरी जम्मा ६ विधाका छात्र-छात्रा प्रतिस्पर्धामा उत्रका छन्।


काठमाडौं बुढानिलकण्ठ नगरपालिका स्थित स्टार होटल रोयल आस्टोरियामा १७ गते देखि १९ गते सम्म तिन दिन अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुनेछ। 


स्पर्धामा पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गर्ने प्रत्येक विधाका विजयी छात्र र छात्रा विद्यार्थी खेलाडीहरुले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार पुरस्कार तथा शिल्ड, पदक र प्रमाणपत्र हात पार्ने छन्।


जम्मा ५५० विद्यार्थी सहभागी भएको हरेक विधाका विजयी खेलाडीहरुलाई नगद ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताको कूल पुरस्कार ३ लाख रहेको छ ।


यसअघि बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा तथा बुद्धिचाल महासंघका कोषाध्यक्ष तारा बहादुर रानाभाटले प्रतियोगिताको उदघाटन गरेको थियो। 


प्रतियोगिताका प्रमुख निर्णायक मिशन बास्कोटाले क्लासिकल चेस अन्तर्राष्ट्रिय स्वीस लिग प्रणालीको नियमका आधारमा स्वीस मानेजर सफ्टवेयर प्रयोग गरि खेलाएको बताएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →