← समाचारमा फर्कनुस्
Football Aug 30, 2026 · Swadesh

चेल्सीको विजयी सुरुआत कायम

चेल्सीको विजयी सुरुआत कायम

इंग्लिस प्रिमियर लिगमा चेल्सीले आइतबार ब्राइटनलाई ४–३ ले हरायो । यससँगै ज्याभी एलोन्सोको शतप्रतिशत सुरुआत कायम रह्यो ।

स्टोयफोर्ड ब्रिजमा भएको खेलमा रोमेओ लाभिआ, पेड्रो नेटो, जाओ पेड्रो र कोल माल्मरले गोल गरे । ब्राइटनका लागि यालिक यालकोय र पास्कल ग्रोबले एक एक गोल फर्काए । एक अर्को गोल आत्मघाती रह्यो ।

यो जितपछि चेल्सीको दुई खेलबाट छ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । ब्राइटन भने तीन अंकमै कायम रह्यो । अन्य खेलमा सन्डरल्यान्डले फुलहमलाई १–० ले हरायो ।

सन्डरल्यान्डका लागि विल्सन इसिडोरले निर्णायक गोल गरे । यस्तै लिड्स युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल १–१ को बराबरी टुंगियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →