जुभेन्टससॅंग चेल्सी पराजित

हङकङ फुटबल फेस्टिभलमा जुभेन्टसले चेल्सीलाई पराजित गर्दै ‘हर्बाल्जी ट्रफी’को उपाधी जितेको छ। काई टाक स्टेडियममा बुधबार भएको रोमाञ्चक खेलमा जुभेन्टसले चेल्सीलाई १-० गोल अन्तरले पराज्त गरेको थियो।
जुभेन्टसका लागि खेलको ६८औं मिनेटमा एडन जेग्रोभाको शानदार गोल नै निर्णायक साबित भयो।
४३ हजार ५ सय ७५ दर्शकले साक्षी रहेको खेलमा चेल्सीले अन्तिम समयमा दबाब बढाए पनि गोल गर्न सकेन।
प्रशिक्षक लुसियानो स्पालेटीले हङकङ भ्रमणलाई मैदानभित्र र बाहिर दुवै दृष्टिले सफल बताए। उनले भने, “यस्ता नयाँ ठाउँमा आउँदा सधैं धेरै कुरा सिक्न पाइन्छ। हङकङ विश्वका अग्रणी सहरहरूमध्ये एक हो। रातको खेलको कार्यभारको कुरा गर्दा, हामीले बलियो टोलीको सामना गर्यौं, त्यसैले हामीले उत्कृष्ट मानसिकता देखाउनु आवश्यक थियो – त्यो एउटा टोलीको मानसिकता। यो जितका लागि सबैको योगदान आवश्यक थियो।”
प्रि–सिजन तयारीको गम्भीरता देखाउँदै दुवै क्लबले आफ्ना मुख्य खेलाडीहरूलाई सुरुआती टोलीमा उतारेका थिए। चेल्सीका लागि नयाँ अनुबन्धित ड्यानी वेलबेक र जियोभानी क्वेन्डा पनि मैदानमा उत्रिएका थिए। खेलको सुरुआती चरणमै देखिएको तीव्र टक्करले आगामी सिजन नजिकिँदै गर्दा दुवै टोली गम्भीर रहेको सङ्केत गर्यो।
वेलबेक र जोवाउ पेड्रोबीचको सुरुआती तालमेलले नयाँ प्रशिक्षक जाबी अलोन्सोलाई खुसी बनाए पनि पहिलो हाफमा गोलको नजिक भने जुभेनटस नै पुग्यो। दोस्रो हाफमा दुवै टोलीले खेलाडी परिवर्तन गरे। जुभेन्टसका विकल्प खेलाडी केनान यिल्दिजले चेल्सीको रक्षापंक्तिमा प्वाल पार्दै जेग्रोभालाई गोल गर्ने अवसर दिलाए।
जुभेन्टसको यो जितले काई टाक स्टेडियममा एक सातासम्म चलेको विश्वस्तरीय फुटबल महोत्सवको समापन गरेको छ। यस आयोजनले हङकङलाई विश्वकै अग्रणी खेलकुद तथा पर्यटन गन्तव्यको रूपमा प्रस्तुत गरेको थियो।
दुई खेलमा ९० हजारभन्दा बढी दर्शक सहभागी भएको यस महोत्सवले करिब ४३ करोड ७० लाख हङकङ डलरको आर्थिक कारोबार गरेको छ। यसअघि गत शनिबार इन्टर मिलानले म्यानचेस्टर सिटीलाई पेनाल्टीमा पराजित गरेको थियो।
संस्कृति, खेलकुद तथा पर्यटन ब्युरोको सहयोगमा सम्पन्न यस महोत्सवलाई ‘एम’ मार्कले सम्मानित गरिएको छ। सन् २०२७ को आयोजनाको तयारी थालिएको आयोजकले जनाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |