← समाचारमा फर्कनुस्
Football Sep 19, 2026 · Swadesh

चेल्सीमाथि ब्रेन्टफोर्डको आत्मविश्वासी जित

चेल्सीमाथि ब्रेन्टफोर्डको आत्मविश्वासी जित

ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शुक्रबार चेल्सीमाथि ३–० को त्यस्तो जित निकालेको छ, जसले उसको आत्मविश्वास बढ्नेछ । लिगका सुरुआती पाँच खेलमा ब्रेन्टफोर्ड अपराजित पनि रहेको छ ।

यस्तोमो उसको नौ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । चेल्सी भने सात अंकमै सीमित रहेर सातौं स्थानमा रह्यो । यो नतिजाले प्रशिक्षक जाभी एलोन्सोमाथि दबाब सिर्जना हुनेछ ।

ब्रेन्टफोर्डका लागि खेलको ६१ औं मिनेटमा जाडोन एन्थोनीले गोलको खाता खोले । त्यसपछि इगोर थिएगो र फाबिओ कारभाल्होले एक एक गोल थपे ।

चेल्सी लिगका आफ्ना पछिल्ला तीन खेलमा जित निकाल्न असफल भएको छ । त्यसमा दुई हार पनि रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →