ब्रेन्टफोर्डले रोक्यो चेल्सीलाई बराबरीमा

ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ । फाबियो कारभाल्होले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि ब्रेन्टफोर्ड चेल्सीलाई निराश पार्न सफल रह्यो । मोसे काइसेडोले ८५ औं मिनेटम गोल गर्दै चेल्सीलाई २–१ ले अगाडि राखेको थियो ।
यस्तोमा चेल्सीको जित निश्चित देखिएको थियो । तर कारभाल्होले खेलमा फरक कथा लेखे । केभिन स्चाडेको गोलले ब्रेन्टफोर्ड अगाडि रहेको थियो, तर कोल पाल्मेरले चेल्सीका लागि बराबरी गोल फर्काएका थिए । चेल्सी आठ अंकमा पाँचौं स्थानमा छ ।
बर्नमाउथ र टोटनहम समान नौ अंकम शीर्ष चारभित्र छन् । टोटनहमले वेस्ट ह्यामलाई ३–० र बर्नमाउथले ब्राइटनलाई २–१ ले हरायो । यस्तै न्युकासल युनाइटेडले उल्भ्सलाई १–० र फुलहमले लिड्स युनाइटेडलाई १–० नै पराजित गर्यो । क्रिस्टल प्यालेस र सन्डरल्यान्ड तथा एभरटन र एस्टन भिल्लाले समान गोलरहित बराबरी खेले ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |