← समाचारमा फर्कनुस्
Top Headlines Feb 08, 2023 · Nepalsports

चन्द्रकला,संगिता र सरस्वती छनौट

चन्द्रकला,संगिता र सरस्वती छनौट

भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ (IBA World Women’s Boxing Championship – 2023) चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनौट भएका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयाेजित राष्ट्रब्यापी खुल्ला छनौट प्रतियोगिताको फेदर वैट ५७ किलो तौल समुहको फाईनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५:० अंकको आधारमा पराजित गर्दै छनौट भएकि थिईन् । भने ६० किलो तौल समुहको फाईनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४ः१ अंकको आधारमा पराजित गर्दै छनोट भएकी थिईन् । 

त्यसैगरी  मिडिल वैट ७५ किलो तौल समुहको फाईनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनौट भएकि थिईन् ।

आज सम्पन्न भएको फ्लाई लाई वैट ५० किलो तौल समुहको सेमिफाइनल खेलहरुमा एचटुओका अस्मिता दुआलले आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा पराजित गरिन भने सोहि तौल समुहमा नेपाल प्रहरीका दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई ४ः१ को स्पिलट डिसिजलको आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् । ५० किलो तौल समुहको फाईनल खेल भोली २६ गते बिहान ८ बजे हुने प्रवक्ता श्याम काजि अवालेले जानकारी दिएकाछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →