अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड असोज दोस्रो सातादेखि हुने

काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजना र चन्द्रागिरि नगरपालिकाको सहआयोजनामा संचालन यहीँ असोज १३ गते अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ।
यस प्रतियोगितामा सिनियर पुरुष र महिला तर्फ १० कि.मि. दौड एवं जुनियर महिला र पूरुष तर्फ ५ कि.मि.दौडसहित कूल ४ ईभेन्टमा व्यक्तिगत रूपमा खेलाडीहरुलाई प्रतिष्पर्धा गर्नेछन्।
नेपालको खेलकुद ईतिहासमा पहिलो पटक हुन लागेको यस प्रकारको प्रतियोगितामा भाग लिन देश भरका महानगरपालिका, उपमहानगरपालिका र गलका सहित २९३ वटा निकाहरुलाई निमन्त्रणा गरिएको आयोजकले बिहिवार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ।
नेपाल नगरपालिका संघबाट प्रवद्धन भएको यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघले स्विकृत प्रदान गरेको छ। प्रतियोगिता धानकोट बलम्बुस्थित गरि नगरपालिकाको भवन परिसरबाट शुरु र अन्त्य हुने गरि थानकोटका विभिन्न स्थानमा धावनमार्ग निर्धारण गरिएको पनि आयोजकले जनाएको छ।
साथै प्रतिगामा बिजयी खेलाडीहरुलाई नगद पुरस्कार, पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिन यस प्रतियोगितामा १० कि.मि. सिनियर महिला तथा पुरुष तर्फ व्यक्तिगतमा प्रथमलाई समान २५ हजार, द्धितियलाई १५ हजार, तृतियलाई १० हजार, जुनियर महिला र ५ कि. मि व्यक्तिगतमा प्रथमलाई समान १५ हजार, द्धितियलाई १० हजार र तृतियलाई ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
यसैगरि सिनियर १० कि.मि. महिला र पुरुषमा टिम प्रचनलाई समान २५ हजार, द्वितिलाई १८ हजार र तृतियलाई १२ हजार जुनियर महिला र पुरुष टिममा प्रथमलाई १५ हजार, द्वितियलाई १२ हजार र तृतियलाई ९ हजार नगद रकमले पुरस्कृत गरिने ।
साथै प्रतियोगितामा समाबेश भएका ४ ईभेन्टमा सहभागी टिमले प्राप्त गरेको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमलाई ४२ हजार, द्वितियलाई ३० हजार, ततियलाई १८ हजार, चौथालाई १४ हजार र पांचौलाई १२ हजार नगत पुरस्कार प्रदान गरिनेछ ।
कम्तीमा २० वटा पालिकाका करिवरब ३०० खेलाडीहरुको सहभागीता रहने अनुमान गरिएको उक्त प्रतियोगिताको संयोजकमा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद खड़गी र प्राविधिक देबी बस्नेत रहनु भएको भने खेल संचालन गर्न करिब २० लाख लाग्ने अनुमान गरिएको पनि बताएका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |