आयोजक टिका भैरव टिम च्याम्पियन

काठमाडौं, जेठ २१ गते । आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो छैटौं राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । टिका भैरवले ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै उपाधिमाथि कब्जा जमाएको हो ।
गोदावरी नगरपालिका वडा ६ स्थित टिका भैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा १ स्वर्ण र २ रजतसाथ ठेचो डोजो दोश्रो भयो । तेश्रो स्थानको केन्द्र डोजोले १ स्वर्ण र १ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा आयोजक टिकाभैरवका अर्जुन नगरकोटी तथा महिलामा केन्द्रकी अन्सु राई उत्कृष्ट खेलाडी घोषित भए ।
पुरुष ३० केजीमा विश्वास मार्फा तामाङ, ३५ केजीमा निरोज नगरकोटी, ५० केजीमा राजेश नगरकोटी, ६० केजीमा अजय तामाङ र खुला तौलसमूहमा अर्जुन नगरकोटीले टिका भैरवलाई स्वर्ण दिलाए । पुरुष ४० केजीमा ठेचोका आशिष घिमिरे तथा महिला खुला तौलसमूहमा केन्द्रकी अन्शु राईले स्वर्ण चुमे।
विजेतालाई बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङ, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा ललितपुर उसु टिमले प्रदर्शनी खेल प्रस्तुत गरेको थियो भने स्थानिय कलाकारले नृत्य प्रदर्शन गरेका थिए ।
दुईदिने प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्पर्धामा १ सय ५० खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |