← समाचारमा फर्कनुस्
Football Feb 28, 2026 · Swadesh

च्याम्पियन्स लिग : अन्तिम १६ मा रियल र सिटी तथा चेल्सी र पीएसजी भिड्ने

च्याम्पियन्स लिग : अन्तिम १६ मा रियल र सिटी तथा चेल्सी र पीएसजी भिड्ने

काठमाडौँ। युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको ड्र सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार प्रि–क्वार्टरफाइनलका खेलहरू मार्च १० देखि सुरु हुनेछन्।


यस चरणमा सहभागी टोलीहरूले घरेलु र बाहिरी मैदानमा दुई लेगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलको समग्र नतिजाका आधारमा विजेता टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ।


यस पटकको ड्रमा उपाधि दाबेदार टोलीहरू एक–अर्काविरुद्ध उत्रने भएपछि समर्थकमाझ उत्साह बढेको छ। विशेषगरी रियल मड्रिड र म्यानचेस्टर सिटीबीचको खेललाई यस चरणकै सबैभन्दा चर्चित प्रतिस्पर्धाका रूपमा हेरिएको छ।


अन्तिम १६ का खेलहरू 


 पेरिस सेन्ट जर्मेनविरुद्ध चेल्सी

 न्युक्यासल युनाइटेडविरुद्ध बार्सिलोना

 गलातासारेविरुद्ध लिभरपुल

 एट्लेटिको मड्रिडविरुद्ध टोटनह्याम हट्सपर

 रियल मड्रि विरुद्ध म्यानचेस्टर सिटी

 बोडो ग्लिम्टविरुद्ध स्पोर्टिङ

 एटालान्टाविरुद्ध बायर्न म्युनिख

 बायर लेभरकुजनविरुद्ध आर्सनल


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →