← समाचारमा फर्कनुस्
Other Sports Jun 03, 2025 · Swadesh

चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप वुधबारदेखि

चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप वुधबारदेखि

२०८२ जेठ २० गते मंगलबार

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बालुवाटारमा वुधबार सुरु हुँदैछ । हिमालयन चेस एकेडेमी (एचसीए) ले व्यवस्थापन गर्ने च्याम्पियनसिसपमा दर्जन बढी विद्यालयका दुई सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

चेस (बुद्धिचाल) खेलको माध्यमबाट स्थानीय विद्यार्थीको क्षमता अभिबृद्धि, प्रतिभा पहिचानसँगै अवसर सिर्जना गर्नका लागि काठमाडौं महानगरपालिका वडा नं.४ ले चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप आयोजना गरेको उल्लेख गर्दै वडाध्यक्ष दिनेश महर्जनले भने, ‘प्रतियोगिताले यस वडाभित्रका विद्यार्थीवीच भाइचारा अभिवृद्धि गर्ने विश्वास छ ।’ च्याम्पियनसिपमा कामपा ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

चेसको माध्यमबाट बालबालिकामा रणनीतिक सोंचको विकास हुने उल्लेख गर्दै हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले भनिन्, ‘चेसले विद्यार्थीको बौद्धिक विकाससँगै अध्ययनलाई पनि राम्रो बनाउँछ । त्यसैले चेसलाई प्राथमिकता दिएकोमा कामपा ४ ले धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ गत वर्षदेखि सञ्चालित एकेडेमीले थापाथलीस्थित आफ्नै हलसँगै थुप्रै विद्यालयमा चेसको नियमित प्रशिक्षण दिदै आएको छ । उसले एक वर्षभित्रै आठ प्रतियोगिता आयोजना गरिसकेको छ ।

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सञ्चालन हुने प्रतियोगितामा खेलाडी अध्ययनरत कक्षाका आधारमा ब्वाइज र गल्र्सका गरी कुल ६ स्पर्धा समावेश गरिएको छ, जसमा कक्षा १ देखि ४,

कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ छन् । प्रत्येक स्पर्धामा शीर्ष दस खेलाडीले पदक प्राप्त गर्नेछन् । पदककै आधारमा विद्यालयलाई अंक दिइनेछ र सर्बाधिक अंक हासिल गर्ने विद्यालय चेयरम्यान कप च्याम्पियन बन्नेछ । उत्कृष्ट तीन स्कुलले पुरस्कार पाउनेछन् ।

च्याम्पियनसिपका टेक्निकल डिरेक्टर याईशाष यासिर खम्बूका अनुसार स्वीस प्रणालीअनुसार सात राउन्डमा प्रतियोगिता सञ्चालन गरिनेछ । खेल १० मिनेट र प्रतिचाल बृद्धि १० सेकेन्डको हुनेछ । पहिलो दिन चार राउन्ड र दोस्रो दिन तीन राउन्डका खेल सञ्चालन गरिनेछ ।

तस्बिरमा

कामपा ४ का वडाध्यक्ष दिनेश महर्जन र हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →