← समाचारमा फर्कनुस्
Volleyball Jul 26, 2024 · Swadesh

काभा वुमन्स नेसन्स लिगको खेल तालिका सार्वजनिक

काभा वुमन्स नेसन्स लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको खेल तालिका र ट्रफी सार्वजनिक भएको छ।

नेपाल भलिबल संघ (एनभीए)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुनेछ। यसपटक नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानका सहभागिता रहने छ।

नेपालले उद्घाटन खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो दिनमै भारत र इरानबीच दोस्रो खेल हुनेछ। नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग, तेस्रो खेल साउन १९ गते इरानसँग र चौथो खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ।

लिगचरणको खेलपछि शीर्च चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन्। लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो भएको टोलीबीच सेमिफाइनल खेल हुनेछ। प्रतियोगितामा लिगचरणका १० सेमिफाइनल २ तथा फाइनल र तेस्रो स्थान खेल गरी कूल १४ खेल हुनेछ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपालले काभा नेसन्स लिगकै तयारी स्वरुप रुसियन महिला टिमसँग राखेप कभर्डहलमै दुई मैत्रीपूर्ण खेल समेत खेलेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →