← समाचारमा फर्कनुस्
काभा वुमन्स लिग: दोस्रो जितको खोजीमा पुलिस

काठमाडौं। काभा वुमन्स लिगअन्तर्गत नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा इरानी क्लब फौलादसँग प्रतिस्पर्धा गर्ने भएको छ। माल्दिभ्समा जारी प्रतियोगिताको यो खेल नेपाली समयअनुसार शुक्रबार राति ९:१५ बजेबाट सुरु हुनेछ।
पहिलो खेलमा जित निकाल्दै उत्साहमा रहेको पुलिस क्लब आज दोस्रो लगातार जितको खोजीमा मैदान उत्रनेछ। उता इरानी क्लब फौलाद पनि आफ्नो दोस्रो जित हात पार्ने लक्ष्यसहित खेलमा उत्रँदैछ।
यसअघि बिहिबारको खेलमा पुलिसले उज्वेकिस्तानको हुमोलाई ३-१ को सेटमा पराजित गर्दै समूह बी मा विजयी सुरुआत गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |