काभा भलिबल : नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिप २०२४ मा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकाको सामना गर्दै छ।
माल्दिभ्सको राजधानी मालेमा हुने यो खेल आज (बिहिवार) नेपाली समयअनुसार राति ९:१५ बजेबाट सुरु हुनेछ।
जेनिशा विश्वकर्माको कप्तानीमा रहेको नेपाली टोलीले उमेर समूहमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन्।
जुलाई २३ सम्म यस प्रतियोगितामा नेपाल, माल्दिभ्स, श्रीलंका र कीर्गिस्तानको सहभागिता रहने छ।
नेपालले दोस्रो खेल जुलाई १९ मा कीर्गिस्तान तथा जुलाई २० मा आयोजक माल्दिभ्सको सामना गर्नेछ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा कुमार राई छन्। बिहिवार नै हुने उद्घाटन खेलमा आयोजक माल्दिभ्स र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ।
नेपाली टोलीः
जेनिशा विश्वकर्मा (कप्तान), अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढामगर, भावना तामाङ, निशा चौधरी, अनुषा चौधरी, मिना सुनार, आरती चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |