← समाचारमा फर्कनुस्
Volleyball Sep 14, 2025 · Swadesh

काभा महिला भलिबल स्थगित

काभा महिला भलिबल स्थगित

काठमाडौं। नेपालमा हुने भनिएको काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ। मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै नेपाल भलिबल संघले यो निर्णय लिएको हो।


संघका अनुसार नेपालमा जारी अवस्थाका कारण धेरैजसो देशहरूले आफ्ना राष्ट्रिय टोली पठाउन अस्वीकार गरेका छन्। यसैले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न कठिन भएको बताइएको छ। संघले भनेको छ– “हाम्रो देशमा शान्ति, भ्रातृत्व, सम्मान र समझदारी कायम भएपछि सरकार, प्रायोजक, खेलप्रेमी र सरोकारवालाको सहयोगमा गतिविधिलाई फेरि तीव्र पारिनेछ।”


यद्यपि, संघले खेलाडी र अधिकारीहरूको सुरक्षालाई प्राथमिकता दिँदै सामान्य अवस्थामा घरेलु कार्यक्रम भने सक्दो रुपमा अघि बढाइने स्पष्ट पारेको छ। प्रतियाेगिता आगामी नोभेम्बर १५ देखि २२ सम्म नेपालमा हुने तय भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →