काभा खेल्ने नेपाली भलिबल टोली माल्दिभ्स प्रस्थान

काठमाडौं । यहिँ जुलाई १८ दखि माल्दिभ्समा हुने काभा यु २० महिला भलिबल च्याम्पियनसिप २०२४ मा सहभागी हुन नेपाली राष्ट्रिय यु२० महिला भलिबल टोली माल्दिभ्स प्रस्थान गरेको छ।
नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो।
नेपालले आफ्नो पहिलो खेल १८ जुलाई अथार्त (साउन ३) गते श्रीलंकासँग खेल्ने छ। चारवटा देश सहभागि रहेको यस प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल १९ जुलाई (साउन ४) गते कीर्गिस्तानसँग खेल्ने छ।
यस्तै नेपालले समूह चरणको अन्तिम खेलमा २० जुलाई (साउन ५) गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ। दुई खेलको विजेताले फाइनल खेल्नेछन्।फाइनल खेल जुलाई २३ मा हुनेछ।
नेपाली टोली स् सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री
मुख्य प्रशिक्षक स् कुमार राई, सहायक प्रशिक्षक स् अर्जुन घिमिरे, व्यवस्थापक स् जुनु पुन
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |