← समाचारमा फर्कनुस्
Volleyball Aug 07, 2024 · Swadesh

काभा भलिबल : उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा

काभा भलिबल : उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ। 

नेपाल र भारतको फाइनल भिडन्त बुधबार साँझ ५ बजे सुरु हुनेछ।

घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको हो। 

नेपालले लिग चरणमा भएको इरानसँगको पराजयको बदला सेमिफाइनलमा लिएको हो। लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो।

समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। 

उक्त भेटको पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो। खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट मा नेपालले भारतलाई २५–१७ ले पाखा लगाएको थियो। चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो।

समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →