← समाचारमा फर्कनुस्
Volleyball Aug 08, 2024 · Swadesh

काभा उपविजेता नेपाली टिमलाई महानगरको सम्मान

काभा उपविजेता नेपाली टिमलाई महानगरको सम्मान

 काठमाडौँ । काभा वुमन्स भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले सम्मान गरेको छ। 

खेल सकिएको भोलिपल्ट बिहिवार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै महानगर प्रमुख बाने शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताएका छन्। 

त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो। 

सम्मान ग्रहण कार्यक्रममा टिमकी कप्तान अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ थिइन्। खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव रहेका थिए। यस्तै लोकेन्द्रबहादुर कुँवर थेरापिष्ट हुन्। 

‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ। यो विषय छुटेको महसुस गराएको छ। यसमा हामी काम गर्नेछौँ।’ सम्मानका क्रममा प्रमुख शाहले आफ्नो धारण सार्वजनिक गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →