काभा महिला क्लब च्याम्पियनसिप विजेता पुलिस सम्मानित

काठमाडौं । काभा महिला क्लब च्याम्पियनसिप विजेता नेपाल पुलिस क्लबलाई शिखर इन्स्युरेन्स कम्पनी लिमिटेडले सम्मान गरेको छ।
मंगलबार काठमाडौंमा विजेता टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको हो।
यसबाहेक शिखले प्रोत्साहनस्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई उषा भण्डारीलाइए थप १ लाख र विधागत उत्कृष्ट हुने शान्तिकला तामाङ र सुमित्रा रेग्मीीलाई ५० हजार रुपैयाँ प्रदान गरेको छ।
माल्दिभ्समा सम्पन्न प्रतियोगितामा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले च्याम्पियनसिपको उपाधि जितेको थियो।
च्याम्पियनसिपमा उषा भण्डारी सर्वोकृकृष्ट खेलाडी र उत्कृष्ट आउटसाइड हिटर, शान्तिकला तामाङ उत्कृष्ट लिबेरो तथा सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर चुनिएका थिए।
टोलीको प्रशिक्षणमा रुपेशकुमार विष्ट, व्यावस्थापकमा श्रवणकुमार झा र फिजियो थेरापिस्टमा भरतकुमार झा थिए।
सम्मान कार्यक्रममा इन्स्युरेन्सका अध्यक्ष गौरव अग्रवाल, सिइओ दीप प्रकाश पाण्डे, पूर्व मन्त्री रामकुमारी झाक्री, ओलम्पियन दीपक विष्टलगायतको उपस्थिति थियो।
पुलिसको टोली
कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, कोपिला राना, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, सरस्वती कट्टेल, लक्ष्मी चन्द
च्याम्पियनसिपमा आयोजकसँगै नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका ६ टोलीले सहभागिता जनाएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |