← समाचारमा फर्कनुस्
काभा बिच भलिबल : महिलातर्फ नेपाल च्याम्पियन

काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाल च्याम्पियन बनेको छ भने पुरुषतर्फ दोस्रो भएको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार सम्पन्न फाइनलमा नेपालले उज्वेकिस्तान ‘ए’ लाई २-० को सोझो सेटमा पराजित गर्यो।
कमला पुन र मनिषा चौधरीको जोडी २१-१७,२१-१४ ले विजयी भयो।
प्रतियोगिता भर अपराजित नेपालले सेमिफाइनलमा उज्वेकिस्तानकै ‘बी’ टोलीलाई २-० को सोझो सेटमा हराएको थियो। त्यसअघि नेपालले उज्वेकिस्तान, आयोजक भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो।
यता, पुरुषतर्फको फाइनलमा नेपाल पराजित भएको छ। नेपाल माल्दिभ्ससँग २-० को सोझो सेटमा पराजित भयो।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले खेल १९-२१, १७-२१ ले गुमायो। यो जोडी बंलादेशमा सम्पन्न गत संस्करणमा पनि उपविजेता बनेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |