काभा बिच भलिबलको विजेता र उपविजेता टोली स्वदेश फिर्ता

काठमाडौं । भुटानमा सम्पन्न सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) बिच भलिबल च्याम्पियनसिपको विजेता तथा उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ।
नेपाली टोली आइतबार बिहान काठमाडौं आइपुगेको हो। टोलीदलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरत शाह, महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगदिश भट्ट लगायतले स्वातग गरेका थिए।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार सम्पन्न भएको प्रतियोगितामा नेपाल महिलतर्फ विजेता र पुरुषतर्फ उपविजेता बनेको थियो।
महिलातर्फ फाइनलमा नेपालले उज्वेकिस्तान ‘ए’ लाई २–० को सोझो सेटमा पराजित गरेको थियो।
कमला पुन र मनिषा चौधरीको जोडी २१–१७, २१–१४ ले विजयी भयो। गत संस्करणमा कमलाले कोपिला उप्रेतीसँग मिलेर रजत पदक जितेकी थिइन्।
पुरुषतर्फको फाइनलमा भने मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भयो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |