← समाचारमा फर्कनुस्
Volleyball Aug 01, 2024 · Swadesh

काभा भलिबल : नेपाल र श्रीलंका भिड्दै

काभा भलिबल : नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ आज (बिहिवार) बाट सुरु हुँदैछ। 

प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार नेपाल र श्रीलंका भिड्दैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने यी दुई टोलीबीचको खेल दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ। 

अरूणा शाहीको कप्तानीमा रहेको नेपाली टिमले रसियासँग गत साउन ६ र ७ गत दुई मैत्रीपूर्ण खेल खेलेको थियो। 

सात दिन चल्ने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन्। बिहीबार नै भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ। नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग खेल्नेछ। त्यस्तै, तेस्रो खेल साउन २० गते माल्दिभ्स र लिगचरणको अन्तिम खेल साउन २१ गते इरानसँग खेल्नेछ। 

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ। राउन्ड रोबिन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →