← समाचारमा फर्कनुस्
Volleyball Aug 03, 2024 · Swadesh

काभा भलिबल : नेपाल र भारत भिड्दै

काभा भलिबल : नेपाल र भारत भिड्दै

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार नेपाल र भारतको रोमाञ्चक भिडन्त हुँदैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने यी दुई टोलीबीचको खेल अपरान्ह तीन बजे सुरु हुनेछ। दुबै टोलीबीच रोमाञ्चक भिड्न्त हुने अनुमान गरिएको छ।

जारी लिगमा उत्कृष्ट लयमा देखिएको भारत आयोजक नेपाललाई सोही लयमा पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। यता, नेपाल पाहुना टोली भारतलाई यस लिगमा पहिलो हार चखाउने दाउमा छ।

उपाधिको दाबेदारको नेपालसँगको खेल भारतका लागि तेस्रो हुनेछ। पहिलो खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो। 

यता, नेपाल भने पहिलो खेलमा श्रीलंकालाई ३–० को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →