काभा यू–२० महिला भलिबल : नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने

काठमाडौं । काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने भएको छ।
लिगको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाईनलमा किर्गिस्तान प्रतिद्वन्दी पाएको हो।
लिगमा अपराजित श्रीलंका ३ खेल जित्दै ८ अंक जोडेर शीर्ष स्थानमा रह्यो। दुई जित र एक हारबाट ५ अंक जोडेको किर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल ३ अंकसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो।
लिगमा पहिलो श्रीलंका र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाईनल हुनेछ भने दोस्रो भएको किर्गिस्तान र तेस्रो भएको नेपालबीच दोस्रो सेमिफाईनल हुनेछ।

दुवै समिफाईनल खेल सोमबार हुनेछ। पहिलो सेमिफाईनल स्थानिय समय अनुसार ४ बजे हुनेछ। यस्तै नेपाल र कीर्गिस्तानबीचको दोस्रो सेमिफाईनल खेल राती स्थानिय समय ८ः३० तथा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ।
नेपाल लिग चरणमा कीर्गिस्तान विरुद्ध सोझो सेटमा पराजित भएको थियो। सेमिफाईनलमा नेपाल सामु त्यो हारको बदला लिने अवसर छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |