← समाचारमा फर्कनुस्
Volleyball Jul 20, 2024 · Swadesh

काभा यु-२० भलिबल : दोस्रो खेलमा पनि नेपाल पराजित

काभा यु-२० भलिबल : दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं । नेपाल काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा पनि पराजित भएको छ।

शुक्रबार सम्पन्न खेलमा नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।

नेपाल पहिलो सेटमा २७-२५ ले पराजित भएको थियो। दोस्रो सेट पनि प्रतिस्पर्धात्मक बनेको थियो। तर, नेपाल २५-२३ ले पराजित भयो। तेस्रो सेट २५-१७ ले सहजै आफ्नो पक्षमा पार्दै कीर्गिस्तानले ३-० को सेटमा खेल जित्यो।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो। नेपाल दुई खेलबाट अंकविहिन छ। नेपालले अब लिगको अन्तिम खेलमा शनिवार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →