← समाचारमा फर्कनुस्
Volleyball Dec 14, 2024 · Swadesh

काभा क्लब : हेल्प नेपाललाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन

काभा क्लब : हेल्प नेपाललाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन

काठमाडौं । हेल्प नेपाल स्पोर्ट क्लबलाई हराउँदै भारतीय क्लब क्यालिकट हिरोजले काभा पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा क्यालिकटले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो।

हेल्प नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २४–२६, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१७ ले गुमायो।

क्यालिकट लिग चरणमा तेस्रो हुँदै र हेल्प नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा क्यालीकटले इरानलाई र हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई हराएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →