← समाचारमा फर्कनुस्
काभा भलिबलमा नेपाल जितविहीन हुदै बाहिरियो

काभा पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन भएको छ। कीर्गिस्तानमा जारी प्रतियोगितामा नेपालको यो छैटौँ हार हो। बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार सम्पन्न अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो।
नेपाल उज्वेकिस्तानसँग पहिलो सेट २५–२१ मा पराजित भयो। यस्तै, दोस्रो २५–२२ र तेस्रो सेट २५–२३ ले नेपालले गुमाउन पुग्यो।
नेपाल पहिलो खेलमा मंगोलियासँग पराजित भएको थियो। त्यसपछि आयोजक किर्गिस्तान, इरान, तुर्किमिनिस्तान र आयोजक किर्गिस्तानको बी टोलीसँग पराजित भयो।
प्रतियोगितामा आयोजकको दुई टोलीसहित नेपाल, इरान, तुर्किमिनिस्तान, मंगोलिया र उज्वेकिस्तान गरी सात टोलीको सहभागिता रहेको छ।
सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |