← समाचारमा फर्कनुस्
Martial Arts Aug 28, 2024 · Swadesh

"सी जी जी फाईट नाईट" सम्पन्न

"सी जी जी फाईट नाईट" सम्पन्न

सीजीजी स्पोर्ट्स हबको पहिलो प्रतियोगिताको रुपमा "फाईट नाईट" आईतबार सम्पन्न भएको छ। प्रतियोगिता मा १४ खेल भएका थिए जसमा ४५ केजी तौल समुहमा फाईट प्रोमोशनका रोशन शेर्पा बिजय भए भने, ५२ के जी तौल समुहमा स्वीट साईन्सका भिभिन मल्ल,  ४५ केजी तौल समूह को छात्रा तर्फ भारतकी रेन्शि सिंहा, ४५ केजी तौल समूह महिला तर्फ सी जि जी कि डेकी शेर्पा, ५४ देखि ५७ केजी क्याच्वेत तौल समूह तर्फ़ एच तु ओ का अप्रिल मगर, ६० केजी पुरुष तौल समूह सम्म सी जि जी का ओम लामा, ६० केजी पुरुष तौल समूह तर्फ़ भारतको गोल्डेन बक्सिङ्ग एकेडेमीका लिकित राम, ९० केजी पुरुष तौल समुह सम्म तर्फ़ सी जी जी का धेन्दुप गुरुङ, ८० केजी तौल समुह मा सी जी जी का रिजोन रुम्बा, साढे ६३ केजी तौल समूहमा सी जी जी का निकेश गुरुङ, ७५-८० के जी पुरुष तौल समुहमा एच तु ओ का बिनिश राई, महिला ६० के जी क्याचवेट फाईट प्रोमोसनका सांगे स्यान्ग्बो, ७१-७५ केजी तौल समुह मा कासा बक्सिङ्गका जेइम्स तामाङ्ग, ६० केजी क्याच्वेत पुरष तौल समूह तर्फ़ एच तु ओ का छेवाङ्ग तामाग बिजयी भएका छन्।  



प्रतियोगिताको बिशेष सहयोगीको रुपमा नेपाल बक्सिङ्ग माहासंघ रहेको थियो भने प्रतिगोतिमा २ देशका ३० खेलाडीले सहभागिता जनाएका थिए । नेपालबाट सीगीगी, एच तुओ, फाईट प्रोमोशन, थानकोट बक्सिङ्ग क्लब, बोक्समान्दु, बोशिगाउँ स्पोर्ट्स क्लब, स्वीट साईन्स क्लबका बक्सरहरुले सहभागिता जनाएका थिए भने  भारतका दुई बक्सिङ्ग क्लबहरु एसएम बक्सिङ्ग एकेडेमी, गोल्डेन बक्सिङ्ग एकेडेमीले सहभागिता जनाएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →