← समाचारमा फर्कनुस्
Volleyball Jul 15, 2024 · Swadesh

काभा खेल्ने महिला भलिबल टोलीको बिदाइ

काभा खेल्ने महिला भलिबल टोलीको बिदाइ

काठमाडौं । माल्दिभ्सको मालेमा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।

नेपाल भलिबल संघले राजधानीको एक होटलमा सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरतबहादुर शाह, सहाना प्रधान फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री लगायतले खेलाडीहरुको बिदाइ गरेका थिए।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी कूल चार टोलीको सहभागिता रहेको छ।

प्रतियोगिता जुलाई १८ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ। नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ। दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ।

सिंगल राउण्ड रोविनका आधारमा सबै टिमले एक आपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ।

लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाइनल खेल हुनेछ। फाइनल खेल जुलाई २३ मा हुनेछ।

नेपालले काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ।

नेपाली टोली मंगलबार माल्दिभ्स प्रस्थान गर्नेछ।

नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

मुख्य प्रशिक्षक : कुमार राई, सहायक प्रशिक्षक : अर्जुन घिमिरे, व्यवस्थापक : जुनु पुन

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →