← समाचारमा फर्कनुस्
बुंडेसलिगामा केनको शतकीय गोल

माइकल ओलिसको ह्याट्रिकको मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार युनियन बर्लिनलाई एकपक्षीय ढंगले ७–० ले पराजित गरेको छ । यो जितपछि चर्चाको केन्द्रमा भने ह्यारी केन रहे ।
उनले एलिनाज एरेनामा दुई गोल गरेपछि बुंडेसलिगामा सबैभन्दा चाँडै सय गोल पूरा गर्ने खेलाडी पनि बनेका छन् । लिगमा आफ्नो ९८ औं खेल खेल्नेक्रममा उनले १०० र १०१ औं गोल पूरा गरे ।
यस्तै जमल मुसिएला र इस्माल साइबरीले पनि एक एक गोल गरे । यो जितपछि डिफेन्डिङ च्याम्पियनकोे चार खेलबाट १० अंक भएको छ । बर्लिन भने एकै अंकमा मात्र सीमित छ र १६ औं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |