← समाचारमा फर्कनुस्
रोमाञ्चक जितसहित बूढानिलकण्ठ क्वार्टरफाइनलमा

काठमाडौँ। बूढानिलकण्ठ भलिबल क्लबले नवौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा बूढानिलकण्ठले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।
बूढानिलकण्ठले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१६ ले जिते पनि तेस्रो सेट १८–२५ ले गुमायो। तर चौथो सेटमा २५–२२ को संघर्षपूर्ण जित निकाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
यस खेलमा बूढानिलकण्ठका धिरोजकाजी बस्नेत प्लेयर अफ द म्याच घोषित भए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women