← समाचारमा फर्कनुस्
Top Headlines May 30, 2025 · Swadesh

युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड बजेट विनियोजन

युवा तथा खेलकुदलाई ६ अर्ब ८ करोड बजेट विनियोजन

काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन्।

अर्थमन्त्री पौडेलले त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन्।

हाल स्तरोन्नति भइरहेको किर्तिपुरस्थित क्रिकेट रंगशालाका लागि संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको हो।

यस्तै, अर्थमन्त्री पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि आगामी आर्थिक वर्ष ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन्।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ अर्ब ५८ करोडले बढी हो। चालु आर्थिक वर्षको लागि ३ अर्ब ५० करोड बजेट विनियोजन भएको थियो।

पौडेलले मुलपानी क्रिकेट मैदान, टियु क्रिकेट मैदान, विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियम, चितवनको गौतमबुद्ध क्रिकेट स्टेडियमका लागि बजेट विनियोजन गरेको जानकारी दिएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →