← समाचारमा फर्कनुस्
ब्राइटनसँग सिटीको हार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी आइतबार ब्राइटनको हातबाट २–१ ले पराजित भएको छ । ब्राइटनले एक गोलले पछाडि रहेको स्थितिबाट यो जित निकालेको हो । सिटीले ३४ औं मिनेटमा इर्लिङ हालान्डको गोलले अग्रता लिएको थियो ।
त्यसपछि जेम्स मिल्नरले ६७ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे । ब्राजन ग्रुडाले खेल सकिन एक मिनेट अगाडि निर्णायक गोल गरे । सिटीले तीन खेलबाट तीन अंक मात्र बुटल्न सकेको छ । ब्राइटनको भने चार अंक भएको छ ।
आइतबारको अर्को खेलमा वेस्ट ह्यामले नटिङघम फरेस्टलाई ३–० ले पराजित गर्यो । त्यसमा जारोड बोवेन, लुकास पाक्वेटा र कलम विल्सनले गोल गरे । पाक्वेटाको गोल पेनाल्टीबाट भएको थियो । तीनै गोल खेलको ८४ मिनेट पछि भएको थियो । फरेस्ट हारपछि चार अंकमै सीमित रह्यो । वेस्ट ह्यामको भने तीन अंक भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |