← समाचारमा फर्कनुस्
Football Mar 21, 2026 · Swadesh

ब्राइटनसँग लिभरपुल स्तब्ध

ब्राइटनसँग लिभरपुल स्तब्ध

ब्राइटनले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई शनिबार २–१ ले पराजित गरेको छ र यो जितका नायक रहे, ड्यानी वेलब्याक । उनले १४ तथा ५६ औं मिनेटमा दुई गोल गरे र आफ्नो टिमलाई बहुमूल्य तीन अंक दिलाए ।


खराव लयमा रहेको लिभरपुलका लागि मिलोस केरकेजले एक गोल फर्काए । यो नतिजापछि लिभरपुल ४९ अंकमा पाँचौ स्थानमा रह्यो र उसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बन्यो ।


ब्राइटन भने ४३ अंकमा आठौं स्थानमा उक्लेर आफ्नो स्थिति बलियो बनाएको छ र अर्को सिजन युरोपमा खेल्ने सम्भावना जीवन्त बनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →