← समाचारमा फर्कनुस्
जमैका र फ्रान्च नकआउट चरणमा प्रवेश, ब्राजिल पहिलो पटक समूह चरणबाटै बाहिरियो

जमैका पहिलो पटक महिला विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार साझ भएको खेलमा ब्राजिलसंग गोल रहित बराबरी खेल्दा ब्राजिल पहिलो पटक समूह चरणबाटै निराशाजनक बाहिरिएको छ ।
यस बराबरीसँगै जमैका भने ३ खेलबाट ५ अंक जोड्दै समूहको एफको उप विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । ब्राजिल ४ अंकका साथ तेश्रो स्थानमा रहेर विश्वकपबाट बाहिएको छ ।

यस्तै समूह एफ अन्तर्गत आज नै भएको अर्को खेलमा पनामालाई ६-३ गोलले पराजित गर्दै फ्रान्स समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह एफबाट फ्रान्स ३ खेलमा ७ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने पानामा शुन्य अंकका साथ समूहको पुछारमा रहँदै विश्व कपबाट बाहिरीएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |