TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 11, 2026 · Swadesh

बर्नमाउथको हातबाट आर्सनल पराजित

बर्नमाउथको हातबाट आर्सनल पराजित

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनल शनिबार बर्नमाउथको हातबाट २–१ ले पराजित भएको छ । आर्सनलका लागि यो ठूलो धक्का रहेको छ । यो नतिजाले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको उपाधिका लागि चुनौती फेरि नवीकरण भएको छ ।


इमिरेट्समा बर्नमाउथले जुनियर क्रोउपीको गोलले १७ औं मिनेटमा अग्रता लिएको थियो । । लगतै पहिलो हाफको ३५ औं मिनेटमा पेनाल्टीको माध्यमबाट आर्सनलका लागि भिक्टर ग्योकुरेसले बराबरी गोल फर्काए । खेलको ७४ औं मिनेटमा एलेक्स स्कटले बर्नमाउथका लागि निर्णायक गोल गरे ।


लिगमा छ चरणको खेल बाँकी छँदा आर्सनलको ३२ खेलबाट ७० अंक छ । सिटी भने ३० खेलबाट ६१ अंक रहेको छ । बर्नमाउथ भने ४५ अंकमा दसौं स्थानमा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →