रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फिर्ता

काठमाडौं । माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किएकी छन्।
पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा सहभागि भएर उनी आज बुधबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।
उनले वुमन्स वान पिस स्विमसुट १६५ सेन्टिमिटर विधामा दोस्रो स्थान हात पारेकी थिइन्। १९ जनाले यस इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । गत वर्ष सनमले ५५ औं एसियन बडीविल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। उनी एसियनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्। सन् २०१८ मा मिस भक्तपुर घोषित उनी दुई वर्ष प्लेयर अफ द इयर चुनिसकेकी छन्।
विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मूलगुठीले खेलबाटै विश्वमा नेपाललाई चिनाउने काम गरिरहेको भएपनि सरकारले आफूहरुका लागि केही नगरेको गुनासो गरिन्।
‘हामीलाई पनि राज्यले हेरिदेओस् भन्ने लाग्छ। हामीले पनि त खेलेरै विश्वमा देशलाई चिनाइरहेका छौं। दुर्भाग्य नेपालले नै हामीलाई चिन्दैन। यही दुखेसो छ,’ उनले भनिन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |